अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

विद्युतीय भुक्तानीमा जोड दिन अर्थमन्त्री खतिवडाको सुझाव

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ०:१८ मा प्रकाशित

विद्युतीय माध्यमबाट हुने भूक्तानी सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् । विद्युतीय भुक्तानी कनेक्ट आएपिएस इपेमेन्ट प्रणालीको सुरुवात गर्दै मन्त्री खतिवडाले विद्युतीय भूक्तानीले पारदर्शीतासँगै सहजता समेत ल्याउने भन्दै यस्तो बताएका हुन ।

कुनै पनि भूक्तानीका लागि भौचर भर्नुपर्ने, लाइन बस्नुपर्ने लगायतका अनेकन समस्याले गर्दा सर्वसाधारणले सास्ती पाउने गरेको उनले बताए । बैंक तथा वित्तिय संस्थासँगै केन्द्र सहित सबै तहका सरकारले विद्युतीय भूक्तानीलाई प्रसय दिनुपर्ने मन्त्री खतिवडाको भनाई थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले पछिल्लो समय विद्युतीय कारोबार अत्याधिक बढेको भन्दै विद्युतीय कारोबारमा जोड दिए । उनले सबैं बैंक तथा वित्तिय संस्थाहरुलाई विद्युतीय कारोबार सुरु गर्न निर्देशन पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू