अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

काँग्रेसले वीपीको चिन्तन आत्मसात गर्न सकेन – नेता डा. महत

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ६:१८ मा प्रकाशित

नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसले वीपीको चिन्तन आत्मसात गर्न नसकेको वताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज पोखरामा आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँ ले वीपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएपनि स्वयं काँग्रेसले त्यसलाई आत्मसात गर्न नसकेको वताउनुभएको हो । आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक हुनुपर्नेमा नेता महतले जोड दिनुभयो ।

प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाई थियो । आर्थिक समृद्धिका लागि सरकार मात्र नभै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिँदै नेता महतले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएको ठहर गर्नुभयो । वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको नेता महतको आरोप थियो ।

कार्यक्रममा वोल्दै काँग्रेस केन्द्रीय सदस्य एनपी सावदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने वताउनुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनका्े उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, डा.विजन पन्तलगायतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू