अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

नेकपा अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान, आजै स्वदेश फर्कने

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ५:४४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज भारत जानुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो । कार्यक्रममा प्रचण्डले नेपाल र दक्षिण एसियाको विकासबारे धारणा राख्ने बताईएको छ ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने जानकारी दिनुभएको हो । कार्यक्रममा प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा समेत मन्तव्य दिने वताईएको छ ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुंगो लागेको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा निम्त्याइएको भए पनि उहाँ नजाने भएपछि प्रचण्ड त्यसमा सहभागी हुन शुक्रबार त्यसतर्फ जानुभएको हो ।

यद्यपि, यसपटकको भारत भ्रमणमा कुनैपनि राजनीतिक भेटघाट नहुने प्रचण्डले बताउनुभयो । बैठकको सम्बोधन सकाएर प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू