अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

पोखरा प्रिमियर लिग (पीपीएल) आजवाट शुरु, उद्घाटन खेलमा पोखरा पल्टन विजयी

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ५:१४ मा प्रकाशित

पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करण शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पोखरा पल्टन विजयी भएको छ । पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो ।

पोखराले दिएको १९८ रनको विशाल चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०/३० रन जोडे । पोखराका ललित राजवंशीले २ विकेट लिन सफल भए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९७ रन जोडेको थियो । पोखराका आरिफ शेखले सर्वाधिक ५२ रन जोड्दा भारतीय ब्याट्सम्यान रभिइन्दर सिंहले ४४ रन बनाए । विस्फोटक ब्याटिङ गरेका विनोद भण्डारीले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा अविजित ४१ रन जोडे । सुरुआती ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रनको योगदान दिए । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिँदा शहाब आलमले एक विकेट झारे ।

प्रतियोगितामा देशका मुख्य ६ सहर पोखरा, विराटनगर, काठमाडौं, धनगढी, बुटवल र चितवनका ६ टिम सहभागी छन् । प्रतियोगिता यहि कार्तिक २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा सन्चालन हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू