अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

सत्तारुढ नेकपालाई निर्वाचन आयोगको वैधानिकता

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ५:०१ मा प्रकाशित

निर्वाचन आयोगले नवगठित सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई नै वैधानिकता दिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओबादी(केन्द्र) एकिकृत भएर निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम प्रस्ताव गरिएको थियो । तर उक्त नाम आफ्नो पार्टीले पहिले नै पाइसकेको भन्दै अर्को दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी हाल्नुभएको थियो ।

उजुरीमाथि सुनुवाई गर्दै आयोगले आज प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई कोष्टक भित्र नेकपा राख्ने गरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम दिँदा आपत्ति जनाउनु नपर्ने भन्दै कट्टेलको उजुरी खारेज गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का पहिचान अगल अलग नै देखिने हुँदा निवेदक कट्टेलको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।

आयोगले नाम विवाद सुुल्झाउन यसअघि दुवै दलका प्रतिनिधिसँग छलफल गरेको थियो । प्रमूख निर्वाचन आयुक्त अयोधीप्रशाद यादव, आयुक्तहरु इला शर्मा, इश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलाशले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू