अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

सिन्धुली राजमार्ग पूननिर्माणकालागी जापान सरकारको अनुदान सहयोग

बिआरटीनेपाल २०७५ कार्तिक ८ गते ९:५६ मा प्रकाशित

भूकम्पबाट भत्किएको धुलिखेल–सिन्धुली–बर्दिबास सडक खण्ड मर्मतसम्भारका लागि जापान सरकारले १ अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जापानी राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले अनुदान सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने १ सय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो ।

बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू