अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५०
| Colorodo: 03:05
काठमाडौँ: गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल ‘मेलिना राई’बाट ‘बैँसै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो। तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पूर्वेली मारुनी भाकामा तयार पारिएको छ। राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको सङ्गीत सुन्न सकिन्छ।
राजन राजको सङ्गीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दिएकी छिन्। तर, फिल्म बाहेकको गीतमा मेलिना र राजनराजको यो पहिलो सहकार्य हो। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई फिचरिङ छन्। मेलिनाले पहिलो पटक पुरा भिडियोमा नृत्य प्रस्तुत गरेकी छिन्। अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन्।