अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

बिआरटीनेपाल २०७५ कार्तिक ८ गते ९:२६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन ।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि तान्जानिया, माल्टा र क्रोएशियाका गैरआवासीय राजदूतहरू क्रमशः बाराका हारन लुभान्दा, स्टेफेन बोर्ग र पेटर जुबिसिकले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू