अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४
| Colorodo: 19:09
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पुर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पठाएको संदिग्ध विस्फोटक उपकरण बरामद भएको अमेरिकी खुफिया एजेन्सीले बताएको छ । उदार परोपकारी एवं फाइनान्सर जर्ज सोरोसको न्यूयोर्क स्थित घरमा बम भेटिएको दुई दिनपछि यो तथ्य सार्वजनिक भएको हो ।
संदिग्ध विस्फोटक उपकरण कहाँबाट बरामद भएको हो भन्ने वारेमा केहीपनि खुलेको छैन । अमेरिकी खुफिया एजेन्सीका अनुसार क्लिन्टनलाई सम्बोधन गर्दै पठाइएको प्याकेज २३ अक्टोबरमा भेट्टाइएको थियो । ओबामालाई पठाइएको प्याकेज भने बासिङ्टन डिसीबाट बरामद भएको जनाईएको छ । घटना सम्वन्धमा एफबीआईले छानबिन भइरहेको बताएको छ ।
पूर्वराष्ट्रपति ओबामाका प्रवक्ताले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।