अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

भारत राजस्थानमा डाँडाहरु वेपत्ता, हनुमानले पो लगे कि ?

बिआरटीनेपाल २०७५ कार्तिक ७ गते ८:१९ मा प्रकाशित

भारतको राजस्थानमा अवैध खनन्का कारण ३१ वटा डाँडा नै बेपत्ता भएको विषयलाई लिएर त्यहाँको सर्वोच्च अदालतले गम्भीर चासो प्रकट गरेको छ । राजस्थानको अरावलीस्थित पहाडी क्षेत्रमा अवैध खनन् भइरहेका कारण ३१ वटा डाँडा मासिएको भन्दै अवैध खनन् रोक्न मागसहित दायर मुद्दामाथि अदालतले सुनुवाई गरेको हो । अदालतले ४८ घण्टाभित्र त्यस्ता अवैध खनन् बन्द गर्न निर्देशनसमेत दिएको छ ।

न्याायाधीश मदन बी लोकुरले ३१ वटा डाँडा हाल अस्तित्वमा नरहेको रिपोर्टका आधारमा प्रश्न गरेका छन् – ‘आखिर जनतामा पहाड नै लिएर उड्ने हनुमानको जस्तो शक्ति त आएको होइन होला ! कि हनुमान नै आएर लिएर गए ?’ उनले राजस्थान सरकारका तर्फबाट वकालत गरिरहेका वकिललाई सोधेका छन्– ‘भारतीय वन सर्वेक्षणका अनुसार ३१ डाँडा गायब भइसकेका छन, यस्तैगरी डाँडा हराउँदै जाने हो भने के होला ? के मानिस पहाड बोकेर जाने हनुमान नै बनेका हुन् ?’

उनले अवैध खनन् नै ती पहाड विनाशको मुख्य कारण रहेको जिकिर गर्दै प्रकृतिले दिएको पहाड नैसर्गिक रक्षकसमेत रहेको बताका छन् । ‘राजस्थानको मरुभूमिबाट उड्ने धुलो या प्रदुषणयुक्त हावालाई ती पहाडले रोक्छन, तर राजस्वको लोभमा राजस्थान सरकारले वातावरण विनाशमा मुकदर्शकको भूमिका निर्वाह गरेको छ,’ अदालतले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू