अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

पत्रकार खसोग्गीको हत्यापछि साउदी अरबविरुद्ध अमेरिका आक्रामक

बिआरटीनेपाल २०७५ कार्तिक ७ गते ८:१६ मा प्रकाशित

वासिङ्गटन पोस्टका पत्रकार जमाल खसोग्गीको हत्यालाई लिएर अमेरिका साउदी अरबविरुद्ध आक्रमक भएको छ । अमेरिकाले पहिलो पटक साउदी अरबमाथि कारबाही थाल्दै त्यहाँका २१ अधिकारीको अमेरिकी भिसा बन्द गर्न लागेको हो । अमेरिकाले हत्यामा संलग्न भनिएका साउदी अधिकारीहरुको अमेरिकी भिसा रद्द गर्ने निर्णय टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानले यो घटनाक्रमको पूर्ण विवरण खुलासा गरेपछि लिन लागेको हो ।

एर्दोगानले खसोग्गीको हत्या साउदी दूतावासमा भएको खुलासा गर्नुभएको थियो । यसको योजना २८ सेप्टेम्बरमा बनाइएको थियो । खसोग्गीको शवको टुक्रा इस्तान्बुलस्थित साउदी राजदूतको घरको बगैँचाबाट बरामद भएको थियो । उनको २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या भएको थियो ।

अमेरिकी विदेश विभागका अनुसार २१ जना साउदी अधिकारीको पहिचान भएपछि उनीहरुको भिसा रद्द गर्न लागिएको हो । उनीहरुको भिसा भविष्यमा फेरि कहिले जारी हुने छैन । विदेश मन्त्री माइक पोम्पियोले यो प्रतिबन्ध अन्तिम नभएको जनाउँदै अझै कडा कदम चाल्ने संकेत गर्नुभएको छ । घटनाक्रमबारे थप खुलासा भएपछि अन्य कारबाही चलाइने वताईएको छ । एक पत्रकारविरुद्ध अमेरिका कुनै पनि प्रकारको हिंसाबारे मौन नबस्ने पेम्पियोले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू