अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

पोखरा प्रिमियर लिग (पिपिएल)को खेल तालिका सार्वजनिक, निर्देशकमा पटवाल नियुक्त

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:४५ मा प्रकाशित

पोखरामा आगामी कात्तिक ९ देखि २० गते सम्म हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार कार्तिक ९ गते उद्घाटन खेल विराटनगर टाइटन्स र पोखरा पल्टन विच हुनेछ । कार्तिक १० गते चितवन राइनोस र बुटवल ब्लास्टर तथा हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगढी विच खेल हुनेछन् । कार्तिक ११ गते पहिलो खेल विराटनगर टाइटन्स र एक्पोर्ट धनगढी तथा दोश्रो खेलमा वुटवल व्लास्टर र पोखरा पल्टन भिड्नेछन् ।

त्यस्तै कार्तिक १२ गते विराटनगर टाइटन्स र हुलास काठमाडौं रोयल्स तथा चितवन राइनोस र पोखरा पल्टनका खेलहरु हुनेछन् । कार्तिक १३ गते चितवन राइनोस र एक्पोर्ट धनगढी तथा विराटनगर टाइटन्स र बुटवल ब्लास्टर भिड्नेछन् । कार्तिक १४ गते चितवन राइनोस र हुलास काठमाडौं रोयल्स तथा एक्पोर्ट धनगढी र वुटवल व्लास्टर को खेल तालिका रहेको छ । कार्तिक १५ गते पोखरा पल्टन र एक्पोर्ट धनगढी तथा दिउसो वुटवल व्लास्टर र हुलास काठमाडौं रोयल्स वीच खेल हुनेछ ।

यसैगरी, कार्तिक १६ गते हुलास काठमाडौं रोयल्स र पोखरा पल्टन तथा विराटनगर टाइटन्स र चितवन राइनोस भिड्दैछन् । कार्तिक १७ गते सेमिफाइनलको गेम हुने छ भने १८ गते फाइनल खेल हुनेछ । पुनश्च प्रत्येक दिन हुने २ समुहको खेल एकै समयमा हुनेछन् । पहिलो खेल ९ वजे वाट र दोस्रो खेल दिउसो १ः १५ वजे वाट हुनेछन् ।

यसैवीच, प्रतियोगिताको निर्देशकका रुपमा उमेश पटवाललाई नियुक्त गरिएको छ । प्रतियोगिताको आयोजक संस्था क्विइन्स इभेन्ट मेनेजमेन्ट प्रालीले पटवाललाई प्रतियोगिताको निर्देशकका रुपमा नियुक्त गरेको जानकारी गराएको हो । नेपाली राष्ट्रिय क्रिकेट टीमको लागि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेको अनुभव बटुलेका पटवालले अफगानिस्तान टोलिको पनि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसक्नुभएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ ।

प्रतिक्रिया