अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

रुस र चीनमाथि दवाब राख्न परमाणु शक्तिलाई मजबुत बनाउने राष्ट्रपति ट्रम्पको धम्की

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:४३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनमाथि दवाब राख्न मुलुकको परमाणु शक्तिलाई अझै मजबूत बनाउने चेतावनी दिनुभएको छ । संचारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रुसले सन् १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज सन्धिको उल्लंघन गरेको आरोप पनि लगाउनुभयो ।

यद्यपी, रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । शीतयुद्धकालको यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाउँछ । युरोपका देशहरुमा रुसबाट हुनसक्ने सुरक्षा चुनौतीलाई कम गर्नका लागि सन्धि लागु गरिएको थियो । रुसले पनि अमेरिकाले थप परमाणु हतियार बनाए आफुहरुले पनि बनाउने चेतावनी दिएको छ ।

चीन र रुस वा खतरासँग खेल्न चाहने जो कोही पनि यस चेतावनीभित्र पर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ । दुई देशबीच तनाब बढिरहँदा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले मस्कोमा पुगेर सम्बद्ध पक्षसँग कुराकानी गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू