अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

काठमाण्डौंमा विद्युतिय बस संचालन

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:३० मा प्रकाशित

काठमाण्डौंमा मंगलवारवाट बिद्युतिय बस संचालनमा आएको छ । साझा यातायातले २ वटा विद्युतीय बस संचालनमा ल्याएको हो । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

केही समय अगाडि साझाले विद्युतीय सवारी सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । साझाले पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं ल्याएको हो । एउटा आउने क्रममा बाटोमै रहेको वताईएको छ भने बाँकी दुई आउने प्रक्रियामा छन् ।

लुम्बिनी विकास कोष र एसियाली विकास बैंक (एडिबी) बीच बस खरिदका लागि सम्झौता भए अनुरूप यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाइने साझाले जनाएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनुपूर्व बसलाई काठमाडौं उपत्यकाभित्र चलाउने गरी साझा यातायातले संयोजनको जिम्मा पाएको छ । चालकसहित २० सिट क्षमताका यी बसमा सिसिक्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू