नेपाली काँग्रेसका नेता एन पि साउदले वर्तमान सरकार असफल भैसकेको वताउनुभएको छ । वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा फसेको साउदको जिकीर रहेको छ । प्रतिपक्षीले सरकारको आलोचना गर्नु स्वभाविक भएपनि नेकपाकै बरिष्ठ नेताहरुले सरकारको गम्भीर आलोचना गरेबाट नै त्यसको पुष्टी हुने उहाँको भनाई छ ।
काठमाण्डौंमा आज आयोजित कार्यक्रममा वोल्दै नेता साउदले सरकारले अहिलेसम्म जनतालाई राहतका काम केही पनि गर्न नसकेको आरोप लगाउनुभयो । ‘चामल, दाल, तेल, चिनीको मुल्य वृद्धि गरिएको छ । दैनिक उपभोग्य वस्तुको मुल्य उपभोक्ताको ढाड सेक्नेगरि बढाईएको छ । तर मन्त्रीहरु भने तस्करहरुसँग मिलिरहेका छन् पूर्वमन्त्री समेत रहनुभएका नेता साउदको आरोप थियो ।
सरकार गठन भएको ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस भएको जिकीर समेत नेता साउदले गर्नुभयो छ । उहाँले समृद्धि र स्थिरतामा सरकार असफल पूर्णतः असफल भएको टिप्पणी गर्नुभयो । संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उहाँको भनाई छ । नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको नेता साउदको जिकीर थियो ।