अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

शिव परियारको गजलमा राहुल र अलिशाको रोमान्स

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ८:३८ मा प्रकाशित

शिनेपाली रङ्गमञ्चको क्षेत्रमा विगत केही समय यता देखि नेपाली गीत सङ्गीतको म्युजिक भिडियो निर्देशक, कोरियोग्राफी, अभिनय र डान्सको माध्यमद्धारा नेपाली युवा वर्ग माझ आफ्नो जबर्जस्त छाप बनाउन सफल भाइव एण्ड वेभ डान्स ग्रुपका लिडर राहुल साहद्धारा निर्देशित नयाँ गजल ‘अलि अलि’को म्युजिक भिडियो बजारमा आएको हो । 

राहुल साहसँगै भाइव एण्ड वेभ ग्रुप मार्फत अद्ध्भुत क्षमता पस्की सकेकी नायिका अलिशा शर्मासँग राहुल साहले यस गीतमा भरपुर रोमान्स गरेका छन् । ‘फिदा..’भन्ने उर्दू शब्दलाई प्रयोग गरिएको यस गजलमा शिव परियारको स्वर तथा सङ्गीत सुन्न सकिन्छ भने शब्द इन्द्रनारायण चोंग्वांग लिम्बु रहेको छ।

अक्सर गरेर मध्यम बिटमा सुनिने गजलको मान्यतालाई भत्काउँदै गायक तथा सङ्गीतकार शिव परियारले यस गजलमा समय सापेक्ष सङ्गीत गायन प्रस्तुत गरेका छन् ।

हट सिक्वेन्समा बनेको यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन गरेका हुन् भने विजेश्वरराज तण्डुकारले सङ्गीत संयोजन गरेका हुन् ।अलि अलि’ बोलको गीत शिवालय भाग २ एलबममा समावेश गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू