अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

नेपाली कलाकारको अमेरिका मोह, ५ सय भन्दा वढीसंग ‘ग्रिनकार्ड’

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:४१ मा प्रकाशित

नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको संख्या ५ सय नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार रहेको वताउदै आएपनि अधिकांश कलाकार अमेरिकामै रमाईरहेका छन् । नेपाली अमेरिकन कलाकार संघ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । संघले यसबारे संकलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी समेत गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाटै पलायन भएका छन् ।

‘सेलिब्रेटी’ कलाकारलाई अमेरिकन सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’ को मान्यतासमेत दिने भएकाले उनीहरु उतै सम्मानित भएको अनुभव गर्ने गरेको वताईन्छ । कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । स्थायी आवास अनुमतिपत्र हुनेले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउनेछन् भने ३ वर्षपछि त्यहाँको नागरिकता लिने प्रक्रियामा सहभागी हुन पाउछन् ।

नेपाली कलाकारहरु प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुंगाना, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाल लगायतका लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फकिर्नुभएको छ भने नायक भुवन केसीले अमेरिकाको ‘ग्रिनकार्ड’ लिन अस्वीकार गर्नुभएको थियो । अमेरिकाको स्थायी नागरिकता लिएका कलाकार तथा सञ्चारकर्मी रवी लामिछानेले पनि हालै अमेरिकाको नागरिकता त्यागेको घोषणा गर्नुभएको थियो । लामिछाने अहिले नेपालमै संचारकर्ममा लाग्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू