अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

दशैंमा नयाँ नोट दिँदा राष्ट्र बैंकलाइ ७८ करोड ९० लाख अतिरिक्त घाटा

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:३४ मा प्रकाशित

दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दा नेपाल राष्ट्र बैंकलाई ७८ करोड ९० लाख रुपैयाँ अतिरिक्त भार परेको छ । ५ देखि १०० रुपैयाँ दरसम्मका नोटमा मात्रै ६२ करोड २८ लाख रुपैयाँ खर्च वढेको छ । नयाँ नोटमा राष्ट्र बैंकको खर्च बर्षेनी बढ्दो क्रममा रहेको वताईएको छ ।

राष्ट्र बैंकका अनुसार, दशैं बिदा सुरु हुनु अघिसम्म ५ रुपैयाँ दरको ९ करोड ४२ लाख ५० हजार थान नोट सटही भएका छन् । ५ रुपैयाको कुल ४७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको नयाँ नोट सटही भएका छन् । यसमा राष्ट्र बैंकको छपाइ खर्च १२ करोड ५५ लाख ९९ हजार ५२९ रुपैयाँ रहेको छ ।

यसैगरी, १० रुपैयाँ दरको ९ करोड ७२ लाख थान नोट सटही भएका छन् । यसको छपाइमा १६ करोड ५६ लाख ६२ हजार १२० रुपैयाँ खर्च भएको छ । २० रुपैयाँ दरका ६९ करोड ६५ लाख थान वितरण भएको छ । यसको छपाइ खर्च ८ करोड ३२ लाख २६ हजार १८४ रुपैयाँ लागेको छ ।

५० रुपैयाँ दरका नोट १० करोड १५ लाख ५० हजार थान वितरण भएको छ । यसमा राष्ट्र बैंकको १५ करोड ७२ लाख ४५ हजार ९९६ रुपैयाँ छपाइ खर्च लागेको छ । १०० रुपैयाँ दरका नोट ३ करोड ८३ लाख थान सटही भएको छ । यसको छपाइ खर्च ९ करोड ११ लाख ३२ हजार ४९३ रुपैयाँ लागेको छ ।

प्रतिक्रिया