अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

सरकार ‘हाँसको न कौवाको चालमा अल्मलियो’ – डा. वावुराम भट्टराई

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:३० मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा नेतृत्वको वर्तमान सरकार ‘हाँसको न कौवाको चालमा अल्मलिएको’ वताउनुभएको छ । गृह जिल्ला गोर्खामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उहाँले दुई तिहाइको मतशक्तिको पनि सदुपयोग गर्न नसकेर आलोचना खेपिरहेको टिप्पणी समेत गर्नुभयो ।

राज्यले गर्ने भूमिका र निजी क्षेत्रले गर्ने भूमिका के हो भन्ने कुरा वर्तमान सरकारलाई थाहा नभएको उल्लेख गर्दै भट्टराईले चुनावमा गरिएको प्रतिबद्धता पुरा गर्न सरकार चुकिरहेको वताउनुभयो । चुवानी प्रतिवद्धता पुरा गर्नुको साटो सरकार हाँसको चाल न कौवाको चालमा रुमल्लिएको उहाको भनाई थियो ।

शिक्षा, स्वास्थ्य, बाटो, बिजुली राज्यको जिम्मेवारीभित्र पर्ने भन्दै भट्टराईले अहिलेको सरकार शिक्षा र स्वास्थ्यको दायित्व आफ्ना आसेपासेलाई बाँड्नमै ब्यस्त रहेको आरोप लगाउनुभयो । सरकारले संघीयताको मूल मर्म र भावना विपरीत काम गरिरहेको प्रति भट्टराईले दुख व्यक्त गर्नुभएको छ । संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय सरकारलाई दिएको अधिकार धमाधम कटौती भएको भन्दै उहाँले सदरमुकाममा अनावश्यक रुपमा कार्यालयहरु स्थापना भइरहेकोमा असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू