अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु जारी

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:२९ मा प्रकाशित

कपिलवस्तुको सीमा बजार कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ । सोमबार साँझ ५ बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कर्फ्यु लगाउनु परेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

सोमवार अपरान्ह जिल्ला सुरक्षा समितिको बैठक बसेर दोस्रोपटक कर्फ्यु लगाईएको हो । यसअघि आइतबार साँझ ५ देखि सोमबार साँझसम्म कर्फ्यु लगाइएको थियो । तर, कर्फ्युका कारण दशैंको समयमा घर तथा विभिन्न स्थानमा जान अग्रिम टिकट लिइसकेकालाई निक्कै गाह्रो भएको र स्थानीयलाई खाद्यान्न र उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन सोमबार ९ घण्टा कर्फ्यु हटाइएको थियो ।

यसअघि, दुर्गा मूर्ति परिक्रमा र विसर्जन गर्ने क्रममा शुक्रबार साँझ जुलुसमाथि ढुङ्गा हानिएपछि विवाद हुँदा विगत ३ दिनदेखि कृष्णनगर क्षेत्र तनानग्रस्त वनेको थियो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले आज रातिको अवस्था हेरेर मंगलबारका लागि कर्फ्युलाई निरन्तरता दिन वा नदिनेबारे निर्णय लिने जानकारी दिनुभएको छ । तनाबका कारण शुक्रबार विसर्जन गर्न लागेको दुर्गा मूर्ति आइतबार साँझ ७ बजेमात्र विसर्जन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू