अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

नाइजेरियामा साम्प्रदायिक हिंसा, कम्तीमा ५५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक ४ गते ९:३७ मा प्रकाशित

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी कादुना राज्यस्थित कासुवान मेगानी शहरमा भड्किएको साम्प्रदायिक हिंसामा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । स्थानीय मुस्लिम र क्रिश्चियन युवाहरुबीच झडप भएपछि हिंसा भड्किएको बताइएको छ । घटनामा संलग्न २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शहरमा हिंसा भड्कन नदिन कर्फ्यू आदेश जारी गरिएको छ । नाइजेरियामा साम्प्रदायिक हिंसाका कारण वर्षेनी कैयौं मानिसहरुको मृत्यु हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू