अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

नेकपा सचिवालय बैठक शुरु

बिआरटीनेपाल २०७५ कार्तिक ४ गते ९:१६ मा प्रकाशित

पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार वाट शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वैठक सोमवार सम्म चल्नेछ । बिहान ११ बजेका लागि निर्धारित बैठक अपरान्ह शुरु भएको नेकपा श्रोतले जनाएको छ ।

बैठकमा नेकपा नेता बामदेव गौतमलाई उम्मेदवार बनाउन भनेर काठमाडौं–७ का सांसद रामवीर मानन्धरले पार्टीमा बुझाएको राजीनामाको विषयमा पनि छलफल भएको नेताहरुले वताएका छन् । यद्यपि वामदेवले काठमाडौं ७ मा चुनाव नलड्ने घोषणा गरिसकेकाले रामवीरको राजीनामा स्वीकृत नहुने र यो प्रकरणको च्याप्टर क्लोज गर्ने विषयमा वैठकमा छलफल भएको वताईएको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गरेको असहमति, सरकारको समीक्षा, पार्टी एकीकरणको कार्यान्वयन लगायतका विषयमा समेत छलफल भएको छ । नेकपाको स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गतेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू