अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

दशैँको टीका थाप्ने क्रम जारी, आजवाट सरकारी कार्यालयहरु खुले

बिआरटीनेपाल २०७५ कार्तिक ४ गते ९:१४ मा प्रकाशित

आज दशैंको टीकाको तेस्रो दिन । मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ । विजयादशमीको दिन टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने गर्दछन् ।

कतिपयको मा भने विजयादशमीको दिन घरमा र त्यसपछि कोजाग्रत पूर्णिमाको दिनसम्म आफन्तकोमा गएर टिका लगाउने चलन रहेको छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ ।
यसैवीच, विजयादशमीको बिदा सकिएपछि सरकारी कार्यालयहरू आजबाट खुलेका छन् ।

सरकारले द्वादशी लगायत अन्य दिनको बिदा कटौती गरेपछि फूलपातीदेखि बन्द कार्यालयहरू आजबाट सुचारु भएका हुन् । यसका साथै टीका थाप्न शहर बाहिर जानेहरू समेत कर्मस्थलमा भित्रिन थालेकाले पोखरा काठमाण्डौं लगायतका क्षेत्रमा सवारी साधनहरूमा यात्रीहरू घुइंचो वढेको छ । यो संगै सडक बजारहरूमा क्रमशः मानिसहरुको चहलपहल बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू