अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

१ अर्ब डलरको मेगा मिलियन ज्याकपट कसैलाई परेन, मंगलबारमा फेरी खुल्दै

विजय थापा २०७५ कार्तिक ३ गते १०:४० मा प्रकाशित

विजया दशमीको शुभ साइत मै अमेरिकाको इतिहास मै सर्वाधिक ठुलो धन राशिको मेगा मिलियन ज्याकपट कसैलाई नपरेको मेगा मिलियनले आधिकारिक रूपमा जानकारी गराएका छन् ।

उक्त रकम कसैलाई नपरे पछि सोही चिट्ठा मंगलबारमा फेरी खुल्दै भएको छ । र सम्भवतः अब उक्त चिट्ठाको रकम १.६ बिलियन डलर हुने भएको छ । गत अक्टोबर १९ तारिखमा खुलेको भाग्यशाली अङ्क १५,२३,५३ ,६५ ७० रहेको छ भने मेगा बल ७ अङ्क रहेको छ । आगामी अक्टोबर २३ मङ्गलवार चिट्ठा खुल्ने छ ।

शुक्रवार कसैले ज्याकपट प्राप्त नगरेता पनि १५ जनालाई कम्तीमा पनि १० लाख डलर बराबरको चिट्ठा प्राप्त गरेका छन् । १ बिलियन डलर चिट्ठाको भाग्यशालीले विजेता भएको भए एकै पटक नगद लिन चाहेमा ५६५ मिलियन डलर प्राप्त गर्न सक्ने थिए ।

अमेरिकाका ४४ राज्यमा मेगा मिलियन टिकट खरिद गर्न सकिने छ । उक्त चिट्ठा गत शुक्रवार नेपालीहरूको महान् चाड विजया दशमीको राती ११ बजे स्थानीय सञ्चार माध्यमको प्रत्यक्ष प्रसारणमा खोलिएको थियो । 

प्रतिक्रिया