अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

कृत्रिम चन्द्रमा वनाउने चीनको महत्वाकांक्षी घोषणा

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ८:०२ मा प्रकाशित

चीनले कृत्रिम चन्द्रमा बनाएर विज्ञानको क्षेत्रमा चमत्कार गर्ने महत्वाकांक्षी योजना घोषणा गरेको छ । चीनले सन् २०२२ सम्म यस्ता ३ वटा कृत्रिम चन्द्रमा स्थापित गर्ने घोषणा गरेको हो । यस्ता चन्द्रमा शिशाबाट बनाइने र यिनीहरूले सूर्यको प्रकाशलाई परावर्तित गरेर राति प्रकाश दिने छन् ।

चीनले यी ३ वटा चन्द्रमालाई ३६० डिग्रीको कक्षामा स्थापित गरिने र यसले २४ घण्टा ई उज्यालो दिनेछन् । तियान्फु सिस्टम साइन्स रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेङका अनुसार यसबाट पर्याप्त उज्यालो हुनेछ र यसले सडक बत्तीको अवश्यकता रहने छैन ।

वुका अनुसार यसरी परावर्तित सूर्यका किरणले ३ हजार ६ सयदेखि ६ हजार ४ सय वर्ग किलोमीटर क्षेत्रमा उज्यालो गर्न सक्नेछन् , र यसको उज्यालो चन्द्रमाभन्दा ८ गुणा बढी हुने आकलन गरिएको छ । यस्ता कृत्रिम चन्द्रमाले लगभग १ दशमलव २ अर्ब युआन बराबर विद्युत बचाउने तथा बिजुली नपुगेको ठाउँमा समेत उज्यालो पुग्ने छ ।

यतिमात्र नभएर यी चन्द्रमाहरूबाट प्राप्त हुने प्रकाशलाई आवश्यकता अनुसार कम–बढी गर्न सकिनेछ र समय अनुसार नियन्त्रित समेत गर्न सकिनेछ । यस्तो कृत्रिम चन्द्रमा धेरै चम्किलो नभएर धमिलो प्रकाश दिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू