अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

भारतको अमृतसरमा रेलले किच्दा ७० जनाको मृत्यु, १४२ जना घाइते

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ८:०१ मा प्रकाशित

भारतको अमृतसरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको छ । उक्त घटनामा १४२ जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगेको थियो । लिक छेउमै पुत्ला जलाउँदै गरेका स्थानीयको भीडले रेल आइरहेको नदेखेको बताइएको छ । प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् ।

अधिकारीहरूका अनुसार दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमनेसामने हुँदा स्थानीय दुई रेलको बीचमा परेका थिए । हावडा छुटेको रेलको रफ्तार ८५–९० किलोमिटर प्रतिघन्टा रहेको जनाईएको छ । त्यही रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ । मृतकहरू मध्ये अधिकांश बुढाबुढी, महिला तथा बालबालिका रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलमा तुरुन्तै उद्धार र सहयोग गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू