अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

बालुवाटारमा दशैं, प्रधानमन्त्रीद्धारा एचआइभी संक्रमित बालबालिकालाई टीका

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ७:५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाईदिनुभएको छ । । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाईदिनुभएको हो । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सामुहिक टिका लगाइ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राख्नुभएको थियो । यसअघि हिजो दिनभर प्रधानमन्त्री ओलीले सर्वसाधारण लगायत विभिन्न व्यक्तित्वलाई टीका लगाईदिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू