अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

टीकाको दोश्रो दिन आज पनि मान्यजनबाट टीका लगाइँदै

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ७:५५ मा प्रकाशित

आज बडादशैंको एघारौं दिन अर्थात टीकाको दोश्रो दिन । मान्यजनबाट दुर्गा भवानीको प्रसादका रुपमा आर्शिवाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । पोखरा, काठमाण्डौं सहित मुलुकभर बिहानैदेखि टीका थाप्न मान्यजनकहाँ जानेको चहलपहल बढेको छ । देशैभर पर्याप्त मात्रामा सार्वजनिक सवारी साधन नचल्दा टीका थाप्न हिंडेका सर्वसाधारणले भने केही सास्ती पाएका छन् ।

विजया दशमीका दिनदेखि कोजाग्रत पूर्णिमा सम्मै मान्यजनका हातबाट टीका लगाएर सुख, शान्ति र समृद्धिको शुभकामना लिने गरिन्छ । यद्यपि, पश्मिच नेपालमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू