अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

गीतकार भुपेन्द्र न्यौपानेको ” जुनकिरी” गीत बजारमा छिट्टै आउँदै

विजय थापा २०७५ कार्तिक १ गते ९:१३ मा प्रकाशित

लामो समय देखि लेखन विधामा निरन्तर रूपमा कलम चलाई रहने युवा गीतकार भुपेन्द्र न्यौपानेको ‘” जुनकिरी” नामक गीत बजारमा छिट्टै आउने भएको छ । हाल अमेरिका बस्दै आएका न्यौपाने समय व्यवस्थापन गर्दै जुनकिरी गीत निकाल्ने तरखरमा रहेका छन् । उक्त गीतको छायाङ्कन धमाधम भई रहेको छ भने उक्त गीत विन्ध्यवासिनी म्युजिक प्रा लि ले बजार ल्याउने भएको छ । 

उक्त गीतका गायक प्रताप दास हुन् भने सङ्गीत शङ्कर थापा(स्माइल) ले दिएका छन् । गीत भुपेन्द्र न्यौपानेको रहेको छ भने काजिश श्रेष्ठले निर्देशक दिएका छन् ।

उक्त गीतमा कलाकारहरू अञ्जली अधिकारी तथा काजिश श्रेष्ठको अभिनय रहेको छ । क्यामरा (चित्रग्राहिणी)अजय रेग्मीले गरेका छन् ।

न्यौपाने अमेरिकाका विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका छन् भने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया