अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

अमेरिकामा मिरा राईलाई सम्मान र सहयोग

सुरेश चाम्लिङ २०७५ असोज ३१ गते ९:३३ मा प्रकाशित

बोस्टन, अल्ट्रा धावक मिरा राईलाई अमेरिकाको विभिन्न राज्यहरूमा सम्मान गरिएको छ । मिरा राईलाई न्यु योर्कमा एसिया सोसाइटीद्वारा “एसिया गेम चेन्जर”अवार्डद्वारा सम्मान गरिएको थियो । एसियाका अन्य देशका विभिन्न ख्याति प्राप्त व्यक्तित्वहरू सँगै मिरा राईलाई पनि सम्मान गरिएको थियो । जसमा पेप्सीकोलाको सीइओ भारतीय नागरिक इन्द्रा नोयी, चाइनाको यु एन इन्भाइरोमेन्ट एम्बसाडोर वाङ्ग सी,सिरियाको लडाइमा ह्वाइट हेल्मेट ग्रुप भनेर उद्धार गर्ने टिमका प्रमुख रैद सालेह,थाईल्याण्ड गुफामा १८ दिनसम्म अड्किएकाहरूको उद्धार गर्ने थाई नेभी शिल्ड, जापानको फुकुशिमा आणविक भट्टीका उद्दारकर्ता लगायतका ९ जनालाई सम्मान गरिएको थियो । जसमा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको समेत उपस्थिति थियो । 

गत साल यो अवार्डद्वारा नेपालको आँखा विसेसग्य डा सन्दुक रुइतलाई सम्मान गरिएको थियो । यसरी नै नेपाली समाजले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा “चिया विथ मिरा राई” को आयोजना गरी मिरा राईलाई सम्मान तथा उहाँको फाउनडेशनलाई सहयोग सङ्कलन गरिएको थियो । यसरी नै बोस्टनमा युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर र जात्रा नेपालको संयुक्त आयोजनामा “डिनर एन्ड ड्रिंक विथ मिरा राई” को आयोजना गरी सम्मान तथा फाउनडेशनलाई सहयोग गरिएको थियो । 

उक्त कार्यक्रममा जात्रा नेपालको उज्वलले टोकन र जात्रा नेपालकै निर्मलले सोभेनियर प्रदान गर्नु भएको थियो । युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले मन्तव्य दिनु हुँदै मिरा राईको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । उक्त कार्यक्रममा मिरा राईसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन रुपा लक्ष्मी शाहले गर्नु भएको थियो । 

सम्बन्धित सामग्रीहरू