अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै-मोडल ज्योति प्रसाईँ

सुर्य चन्द २०७५ असोज ३० गते २२:०३ मा प्रकाशित

काठमाडौँ: सपनाको सहर काठमाडौँ जहा दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन् त्यसै सपना सँग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रङ्गिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l नव मोडल ज्योति प्रसाईँ पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडी बढ्दै गरेकी छिन l अहिले उनी आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरूप मेहनत पनि गरी रहेकी छिन l 

मिस ब्युटी क्विन नेपाल २०१८ मा विजेता बनेर टाइटल जित्न सफल ज्योतिले मिस ट्यालेण्टको अवार्ड समेत हात पार्न सफल भएकी थिइन् l विभिन्न र्याम्प/फेसन सो हरूमा समेत आफ्नो प्रस्तुति दिएर मोडलिङ क्षेत्रमा अनुभव बटुली सकेकी ज्योतिले भर्खरै सम्पन्न मिस्टर ह्यान्डसम २०१८ मा निर्णायक मण्डलीमा बसेर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन l

नृत्य र अभिनयमा पोख्त ज्योति सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण पनि हो l उनी मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् l झापा सुरुङ्गाकि स्थाई बासिन्दा नव मोडल ज्योति प्रसाईँ काठमाडौँलाइ कर्मथलो बनाउँदै आफ्नो अध्यनलाइ निरन्तरता दिँदै आफ्नो भविष्य कोर्ने क्रममा छिन भने उनी डिएभि कलेजमा बिबिएस चौथो वर्षमा अध्यनरत गर्दैछिन l हेर्दा पनि आकर्षण, हाँसी रहने शालीन स्वभावकी मोडेल ज्योति प्रसाईँ अहिले म्युजिक भिडियो तथा फिल्ममा तथा अन्य मिडिया अफरको पर्खाइमा छिन l सानै उमेर देखि नृत्यमा रुचि राख्ने ज्योति अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोसिसरत छिन l सुपर मोडल तथा चर्चित नायिका बन्ने योजनाको साथ मोडलिङ क्षेत्र प्रवेश गरेकी ज्योति अभिनय, डान्सिङ, ट्राभलिङ रिडीङमा रुचि राख्छिन् l 

नव मोडल ज्योति भन्छिन्,अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । उनी भन्छिन् मानव जीवन भनेको सङ्घर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा सङ्घर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडी बढेको कुरा पनि उनी बताउछिन।परिवार तथा विशेष गरी आफ्नो ममीको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी ज्योतिलाई शुभकामना । 

प्रतिक्रिया