अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

पुष्प र अञ्चलको पिरतीको रङ्ग रिलिज

बिआरटीनेपाल २०७५ असोज २९ गते १४:५८ मा प्रकाशित

काठमाडौँ : गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रङ्ग’ बोलको गीत सार्वजनिक गरिएको हो। शङ्कर थापाको सङ्गीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। त्यस्तै, गीतकार अम्बिका गुरुङ पनि गीत राम्रो बनेको र यस गीतलाई दर्शक-श्रोताले मन पराउने तर्क राख्छिन् ।  ‘मखमली चोली’को सफलता पछि त्यहीँ टिमबाट यस म्युजिक भिडियो तयार भएको छ। 

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आँचल शर्माको अभिनय रहेको छ। पुष्प र आँचलले सँगै काम गरेको यो पहिलो भिडियो हो। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम श्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया