अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

लागु औषध तथा दुर्व्यसनीबाट हुने बेवारिसे मृत्यु रोक्न काभ्रेमा ‘एक्सन फर सोसल चेन्ज’को शाखा उद्घाटन

बिआरटीनेपाल २०७५ असोज २९ गते १४:५१ मा प्रकाशित

७७ जिल्लामा शाखा खोली मदिरमुक्त समाज निर्माणको लागि बस्नेतको अभियान सुरु

काभ्रे: ७७ वटै जिल्लामा शाखा खोल्ने अभियानअन्तर्गत सामाजिक संस्था वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले आफ्नो पहिलो शाखा उद्घाटन गरेको छ । शनिवार काभ्रेको स्थानीय चौँरी देउराली गाउँपालिका पुरानो बजार गुम्पाटीमा नेपाल महिला सङ्घको केन्द्रीय सदस्य निरु निर्मला खड्का बस्ताकोटीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गर्दै औपचारिक रूपमा शाखा कार्यालय उद्घाटन गरेको हो। दाम्छेइ सहकारीका अध्यक्ष समेत रहेका स्थस्निय युवा समाजसेवी समीर स्याङ्बो (च्याङ्बा) को अध्यक्षतामा शाखाको कार्यकारी तदर्थ समिति समेत गठन भएको छ । 

काभ्रेको गुम्पाटीमा खोलिएको शाखाबाट लागूपदार्थ दुर्यव्यसनि विरुद्ध विद्यालयमा स्थानीयको सहकार्यमा प्रहरी प्रशासन सहितप्रत्यक महिना चेतनामूलक कार्यक्रम राखिने साथै बेवारिसेहरुको व्यवस्थापनसम्बन्धी काम हुने संस्थाका अध्यक्ष बिनयजंग बस्नेतले जानकारी दिए। स्थानीय वासी, प्रहरी प्रशानन, नागरिक समाज, सामाजिक अभियन्ता, स्थानीय निकाय, प्रशासन,बुद्धिजीवी विद्यार्थी, युवा महिला लगायत सबै गाउँवासी शाखा कार्यालय स्थापना पछि हर्षित भएका छन्।

२०० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको कार्यक्रममा दुर्व्यसनरहित समाज निर्माणका लागि बिनयजंग बस्नेतले गरेको कामको सर्हाना गर्दै प्रमुख अतिथि बस्ताकोटीले महिलाहरूले दुर्व्यसनरहित समाज निर्माणको लागि अग्रणी भूमिका खेल्न सक्ने जनाइन । पछिल्लो समय महिलामा समेत बढ्दै गरेको लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न महिलाहरू सचेत हुनुको साथै एकजुट भएर दुर्व्यसनीबिरुद्ध जनचेतनामुलक कार्यक्रममा लाग्नुपर्ने बताइन ।

कानुनविद् राजेश महर्जन, सामाजिक अभियन्ता गङ्गाराम रिजाल महिला स्थानीय समाजसेवी लाल माया लामा, पदम लमा, लैनो दाजु, पूर्व प्रधानपञ्च पदम लामा, उप प्रधान पञ्च समीर लामा सहित कार्यक्रममा उपस्थित विभिन्न तह र तप्काका अतिथिहरूले बिनयजंग बस्नेतले गरेको कामको खुलेर प्रशंसा गरेका थिए। स्थानीय समाजसेवी समीर स्यान्ग्वोले आफ्नो गाउँपालिकामा शाखा उद्घाटन गर्न पाउँदा हर्षित भएको बताउँदै घरेलु मदिरा नष्ट गर्ने र मदिरा मुक्त समाज निर्माणमा हातेमालो गरेर अगाडी बढ्ने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले विगत लामो समय देखि शाखा उद्घाटन गर्न खोजेता पानी विविध कारणवश शाखा खोल्न नसकेकोमा काभ्रेमा औपचारिक रूपमा शाखा उद्घाटन गर्न पाउँदा हर्षित तुल्याएको बताए। उनले दुर्व्यसनले मानिसलाई सडकमा बेवारिसे अवस्थामा पुर्‍याउने हुँदा दुर्व्यसनीमुक्त समाज निर्माण गर्न सके बेवारिसेहरु सडकमा मृत्युवरण गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे।

अध्यक्ष बस्नेतले तिहार लगत्तै काभ्रेको कोसीपारिमा २ रोपनी जग्गामा सडकमा रहेका बेवारिसेहरुलाई राख्नको लागि आश्रम बन्ने जानकारी दिए । काभ्रेमा बेवारिसे व्यक्तिहरूको लागि आश्रय स्थलको साथै उपचार केन्द्र समेत बन्ने उनले बताए । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले २३ जिल्लामा शाखा खोली अनौपचारिक रूपमा सामाजिक कार्य गर्दै आएको छ। काभ्रेको गुम्पाटीमा भने औपचारिक रूपमा पहिलो पटक शाखा उद्घाटन भएको हो। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू