अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

नेपाल टेलिभिजनमार्फत प्रसारित ‘डियर जिन्दगी’को पहिलो श्रृंखला सार्वजनिक [भिडियो सहित]

बिआरटीनेपाल २०७५ असोज २९ गते १४:३५ मा प्रकाशित

घटस्थापनाको दिन देखि नेपाल टेलिभिजनमार्फत प्रसारण भएको मेघा सिरियल ‘डियर जिन्दगी’लाई पिएनपिमिडियाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

उक्त सिरियल हरेक बुधवार साँझ ७:०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाबाट शुक्रवार साझा सार्वजनिक गरिनेछ । जनकदीप पराजुलीको निर्देशन रहेको यस सिरियल पूर्ण पारिवारिक कथामा आधारित छ।

कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलको केही दिनअघि ट्रेलर सार्वजनिक गरिएको थियो । वसन्त पोखरेलको लेखन र सह निर्देशन रहेको सिरियलमा सुनिल थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय गरेका छन् ।

सिरियलका निर्माता रामकृष्ण बिसी हुन् भने युवराज खत्री कार्यकारी निर्माता र सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता छन् । 

 

प्रतिक्रिया