अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

सुन्दर पोखरा भल्किने गरी काम गरौं – मेयर जिसी

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:२६ मा प्रकाशित

पोखरा महानगरपालिकाले नेपालीहरुको महान पर्व विजयादशमी, तिहार, छठ लगायतका विभिन्न जातजातिका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महानगरको सभाहलमा सोमबार कर्मचारीका बीचमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजयादशमीको अवसरमा सम्पूर्ण नगरबासी तथा महानगरका कर्मचारी र जनप्रतिनिधि लगायत सम्पूर्णको सुख शान्ति, समृद्धि र दीर्घायूको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन विजयादशमीले प्रेरणा र शक्ति प्रदान गरुन् भन्ने कामना व्यक्त गर्नुभयो । सो अवसरमा सुन्दर पोखरा झल्किने गरी काम गर्न मेयर जिसीले कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले चाडपर्व हाम्रा संस्कृति र संस्कृति नेपालीहरुको पहिचान भएकाले दशैलाई त्यही रुपमा मनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले विजय दशमीले सबैमा सुख, शान्ति, समृद्धि ल्याउन सकोस् भनेर शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा महानगरका विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू