अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

चाडपर्वमा ईन्धन अभाव नहुने –आयल निगम

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:२२ मा प्रकाशित

नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले सोमबार उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिनुभयो ।

डिपोले आइतबार पनि पर्याप्त मात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको जनाइएको छ । पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उहाँले उपत्यकाबाट बाहिरिने सवारी–साधनले पूर्णक्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू