अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

बूढीगण्डकी जलविद्युत आयोजनामा राज्यले कमिशन खायो– डा. वावुराम भट्टराई

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:२१ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले नै कमिसन खाएर बूढीगण्डकी निजी क्षेत्र (चाइना गेजुवा) लाई दिएको आरोप लगाउनुभएको छ । सोमबार गोरखा सदरमुकाममा नयाँ शक्ति गोरखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले वर्तमान सरकारले कमिसन खाएर कालो सूचीमा रहेको निजी कम्पनी चाइना गेजुवालाई बूढीगण्डकी निर्माण गर्न दिएको आरोप लगाउनुभएको हो ।

बूढीगण्डकी आयोजनालाई एउटा सरकारले निजीलाई दिने र अर्कोले खोस्ने कार्य गरेको उल्लेख गर्दै डा. भट्टराईले यस्तो कार्यले आयोजनालाई नै भकुण्डोजस्तो वनाईएको टिप्पणी गर्नुभयो । नेपालीहरूकै लगानीमा बनाए मात्रै बूढीगण्डकी निर्माण गर्न सकिने उहाँको भनाई थियो ।

एक फरक प्रसंगमा भट्टराईले संघीयता कार्यान्वयन, जनताको शान्ति सुरक्षाका लगायतका क्षेत्रमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलजस्तै भएको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू