अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

रामचन्द्र पौडेल पक्षको गोप्य भेला

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:१६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान मस्यौदा तयारीबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूह छलफलमा जुटेको छ।

विधान मस्यौदामाथि छलफल गर्न सोमबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको घरमा पौडेल समूहले ‘लञ्च मिटिङ’ गरेको छ।

स्रोतले दिएको जानकारी अनुसार ‘लञ्च मिटिङ’का लागि महामन्त्री कोइरालाले संयोजन गरेको भेलामा पौडेल समूहका नेताहरूबीच विधान मस्यौदाबारे छलफल भएको छ।

पार्टीको विधान मस्यौदा तयार भइरहेका बखत मस्यौदा समितिका सदस्यहरूसमेत उपस्थित ‘लञ्च मिटिङ’ले पौडेल समूहको बहुसंख्यक भेला डाक्ने अनौपचारिक निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू