अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

पत्रकार हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइए अमेरिकाले कडा कारवाही गर्ने

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:३७ मा प्रकाशित

अमेरिकाले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूताबासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएमा आफूलाई निराश र आक्रोसित पार्ने भन्दै त्यसपछि साउदी सरकारलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तरवार्तामा उहाँले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस र चीन पनि इच्छुक रहेको वताउनुभयो । पत्रकार खसोगीको अवस्थाबारे साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन आनाकानी गरेको ट्रम्पको आरोप छ । तर साउदी अरबले भने पत्रकार खसोगीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

यसैबीच, टर्कीका विदेशमन्त्री मेवलुत कावासोगलुकले खासोगीको हत्या भएको आशंकामा छानबिन गर्न साउदी अरबले स्वीकृति नदिएको आरोप लगाउनुभएको छ । यता अमेरिका र बेलायतले भने यही महिना साउदी अरबमा हुन लागेको उच्चस्तरीय सम्मेलन बहिष्कार गर्ने सम्भावना बलियो रहेको बिश्लेषण गरिएको छ । साउदी राजपरिवारको कटु आलोचक रहेका पत्रकार खासोगी टर्कीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूताबासबाट गत अक्टोबर २ देखि बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू