अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

अफगानिस्तानको चुनावी ¥यालीमा आक्रमण, १३ जनाको मृत्यु, ३२ घाइते

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:३९ मा प्रकाशित

अफगानिस्तानको उत्तरपूर्वमा आयोजित एक चुनावी ¥यालीमा बम आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अफगान अधिकारीहरुले जनाएअनुसार मृत्यु हुनेहरुमा अधिकांश नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् । तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले दिएको जानकारी अनुसार आक्रमणमा ३२ जना घाइते भएका छन् ।
रुस्ताक जिल्लामा आयोजित चुनावी ¥यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको वताईएको छ । ¥यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीकअघि वम विस्फोट गराइएको थियो ।

तखारको यस आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । तर, सो प्रान्तमा तालिबान लडाकू सक्रिय रहेको र विगतमा भएका यस्तै आक्रमणको जिम्मेवारी पनि उनीहरुले लिंदै आएकोले तालिवानले नै विस्फोट गराएको आशंका गरिएको छ । अफगानिस्तानमा अक्टोबर २० मा हुने संसदीय चुनावलाई लक्षित गरी देशैभर आक्रमणका सिलसिला जारी छ । गत साता पनि हेल्मन्ड प्रान्तमा एकजना उम्मेदवारको हत्या गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू