अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

नेकपाको सचिवालय बैठक कात्तिक ४ गतेका लागि तय

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:३३ मा प्रकाशित

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो ।

नेता श्रेष्ठका अनुसार शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको हो । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठक समेत सारिएको थियो ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू