अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 01:01

आर्थिक सम्वृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास महत्वपूर्ण

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:०६ मा प्रकाशित

काठमाडौँ, राजनीतिज्ञ एवं विज्ञहरुले नेपालमा आर्थिक सम्वृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास आवश्यक रहेको बताएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएन) ले आयोजना गरेको 1st NRN Global Knowledge Convention को Knowledge-based Economy & Development Pathways बारेको सेसनमा उनीहरुले नेपालमा रहेका सम्भावनाको आधारमा विकास अघि बढाउनका लागि पुँजी, सीप र प्रविधिको विकास महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानममन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित बनाउनका लागि पुँजी, सिप र प्रविधि विकासमा जोड दिनुपर्ने बताए । आर्थिक सम्वृद्धिका लागि औद्योगिक क्रान्तिको आवश्यकता रहेको बताउँदै उहाँले यसका लागि विश्वभर छरिएका गैरआवासीय नेपालीले लगानी ल्याउनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिएर लगानी भित्र्याउनका लागि सरकारले विशेष वातावरण बनाउनुपर्ने बताउँदै उद्योग, कृषि र सेवाको क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा अन्र्तराष्ट्रिय विमानस्थल, जलाशययुक्त आयोजना जस्ता १७ पूर्वाधारका आयोजनाहरु अघि बढाएको बताउँदै कृषिको आधानिकीकरण, तुलनात्मक बढी फाइदाका उत्पादमूलक उद्योग, पर्यटन र यसका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पछिल्लो ३० बर्ष यता नेपालको आर्थिक आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा नाघेको एकपटक मात्र भएको बताउँदै दोहोरो आर्थिक वृद्धिदर हासिल गर्नका लागि पूर्वाधार, उद्योग, कनेक्टिभीटी, शुशासनको क्षेत्रमा संरचनागत रुपान्तरण आवश्यक रहेको बताउनुभयो । पछिल्लो समयमा सूचना प्रविधिको उपयोग र डिजीटलाईजेशनमार्फत आर्थिक सम्वृद्धिको हासिल गर्न सकिने बताउँदै न्यून लगानी, दक्ष मानव जनशक्तिको अभाव, कमजोर शुशासन जस्ता चुनौतीको सामान गरेर अघि बढ्नुपर्ने बताउनुभयो । आर्थिक सम्वृद्धिका लागि पुँजी निर्माणको विकल्प नभएको बताउँदै फराकिलो आर्थिक वृद्धिदर हासिल गर्नका लागि परम्परागत विकासको मोडेलको सट्टा दिगो अर्थतन्त्रलाई जोड दिनुपर्ने बताउनुभयो । 

एशियाली विकास बैक (एडीबी) का पुर्व उपाध्यक्ष विन्दुनाथ लोहनीले आर्थिक वृद्धिदरको हिसाबले एशियामा नेपाल कमजोर रहेको बताउँदै नीतिको पुनरावलोकन गरी आर्थिक सम्वृद्धिमा अघि बढ्नका लागि सरकारको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपालको औद्योगिक विकासले गति लिन नसकेको बताउँदै लगानी भित्र्यानका लागि आर्थिक नीतिको उदारीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विकासका लागि अनुसन्धान र यसको आधारमा मोडेल विकास गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षा र क्षमता अभिवृद्धि, सुचना प्रविधिको विकास, सरकारी नीति निर्माणको प्रभावकारिता, उत्पादनमूलक क्षेत्रको पहिचान र विकास नेपालका लागि महत्वपूर्ण हुने बताउनुभयो । 

एनआरएनका पुर्व अध्यक्ष जीवा लामिछानेले पछिल्लो समयमा गैरआवासीय नेपालीले नेपालमा लगानी बढ्दै गएको बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि उचित वातावरण बन्दै गएको बताउनुभयो । छिमेकी राष्ट्र भारत, चीनको डायसपोराको इतिहास पुुस्तौनी रहेको तथा नेपालको इतिहास छोटो भएको बताउँदै प्रारम्भिक चरणमा भएपनि पछिल्लो समममा मातृ भुमिमा लगानीका लागि तयार हुँदे गएको बताउनुभयो ।

पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पाले नेपालमा पर्यटन क्षेत्रको व्यवसाय वृद्धि हुँदै गएको बताउँदै ठूला ठूला अन्र्तराष्ट्रिय विमानस्थल निर्माणले पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । उत्पादनमूलक र सेवामूलक क्षेत्रको अवस्था कमजोर रहेको बताउँदै विकल्पमा रुपमा पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू