अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

पोखरामा ओपन वाटर पौडी प्रतियोगिता – शिरिष गुरुङ्ग वने च्याम्पियन

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:३४ मा प्रकाशित

ओलम्पियन शिरिष गुरुङले पोखरामा सम्पन्न ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार फेवातालमा भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटरको दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै प्रतियोगिताको च्याम्पियन वनेका हुन् । शिरिषले यसअघि प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा पनि उपाधि जितेका थिए ।

प्रतियोगितामा वेदज्ञराज जोशीले दोश्र्रो र अविरल भण्डारीे ले तेस्रो स्थान प्राप्त गर्न सफल रहे । विजेताहरुले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो , समिरा शोभा थापा दोश्र्रो र श्रेबी महर्जनले तेश्रो स्थान प्राप्त गरेका छन् । पोखराका खेलाडी मध्येबाट धनमान गुरुङ प्रथम, अर्जुन नेपाली दोश्रोे र ठाकुर चौधरीले तेश्रो स्थान प्राप्त गरे ।

प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुनः बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया