अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को उपाधि नेपाललाई

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:३१ मा प्रकाशित

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरको तेस्रो बल गर्ने क्रममा भारी वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा हुन नरोकिएपछि नेपाललाई रनरेटका आधारमा च्याम्पियन घोषणा गरिएको हो । दुवै टोलीको समान ११–११ अंक भएपनि नेपालले रनरेटमा बाजी मारेको हो । नेपाल र सिंगापुरले सबै खेलमा जित निकालेका थिए ।

जीत सिंगै नेपाल सहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया