अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

सरकार र पार्टी एकताविरुद्ध प्रतिक्रियावादीहरुको कसरत – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:१५ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले कसरत गरिरहेको वताउनुभएको छ । नेकपा नेतृत्वको वर्तमान बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको प्रचण्डको ठहर छ ।

नेपालीहरुको महान चाड दशैं तिहार लगायतका चाडपर्वको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सरकारले चीनसँग ऐतिहासिक पारवहनसम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गर्नुभयो ।

सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको अध्यक्ष प्रचण्डले दाबी समेत गर्नुभएको छ । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भइरहेका बेला अध्यक्ष प्रचण्डले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गर्नुभयो । प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू