अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

नयाँ स्वादमा साइँली र माइली पोइला गएछन्

कृष्ण भट्टराई २०७५ असोज २६ गते ६:५५ मा प्रकाशित

काठमाडौँ– ‘साइ“ली र माइली पोइला गएछन्, गाउँ“घर नै सुन्ने पारे र…’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय आज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा सङ्गीतको उक्त गीत त्यो बेला उदित नारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नयाँ“ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । गायक गोस्वामीले गीतकार तथा सङ्गीतकार भट्टराईसँग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा सङ्गीत संयोजन गरेका छन् ।

निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् । लोकप्रिय अभिनेता सन्दीप क्षेत्रीलाई मुख्य पात्रको रूपमा प्रस्तुति गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले साइ“ली र माइलीको भूमिका निर्वाह गरेका छन् । हास्य रस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइ“ली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ । अभिनेता क्ष्ँेत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमान्को गम्भीर भूमिकालाई रोमाञ्चक ढङ्गले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।

अर्जुन तिवारी तथा बुद्ध थापाको समूहले छायाङ्कन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन सञ्चालन गरेका छन् ।

यस्तो छ साइँली र माइलीको म्युजिक भिडियो