अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

सिनेटर क्रिस भ्यान सहभागी हुनुहुने कार्यक्रमको तयारी पूरा

बिआरटीनेपाल २०७५ असोज २६ गते ६:४८ मा प्रकाशित

मेरिल्याण्ड, अमेरिकी राजनीतिमा अत्यन्तै प्रभावशाली सिनेटर क्रिस भ्यान होलान् शुक्रवार मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट स्टेट डेलिगेटसमा उम्मेदवारी दिनुभएका हयारी भण्डारीको फण्ड रेजिङ्ग कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ करिब डेढ घण्टा सम्म कार्यक्रममा सहभागी हुनुहुनेछ ।

कार्यक्रममा स्थानीय निर्वाचित पदाधिकारीहरू तथा डेमोक्रयाट पार्टीका सदस्यहरू समेत सहभागी हुनेछन् । कार्यक्रममा वाल्टिमोर काउन्टीका सेरिफ जे। फिसर ,वाल्टिमोर काउन्टीका चेयरम्यान जुलिन ई जोन्स , डिष्ट्रिक आठको तर्फबाट सिनेटर क्याथी क्लासम्यार ,स्टेट डेलिगेटस एरिक व्रम्होल, स्टेट डेलिगेटस जे जेलेसी ,उम्मेदवार कार्ल ज्याक्सन लगायत आधा दर्जन भन्दा बढी अफिसियल व्यक्तित्वहरू सहभागी हुनेछन् ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र शुक्रवार साँझ पौने छ बजे कार्यक्रम औपचारिक रूपमा सुरुवात हुने फ्रेण्डस अफ हयारीको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सफल पार्न अत्यन्तै व्यस्त रहनुभएका हयारी भण्डारीले अमेरिकाको राजनीतिमा प्रभावशाली सिनेटर क्रिस भ्यान होलानको सहभागिताले आफूलाई उत्साहित बनाएको र तयारी पूरा भएको बताउनु भएको छ । नेपाली समुदायको अगुवा ,निर्वाचनमा खटिएका स्वयंसेवकहरू समेत सहभागी हुने उक्त कार्यक्रमले नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउन कोसे ढुङ्गा हुने भण्डारीको विश्वास रहेको छ ।

सन् २०१८ को लागि डेमोक्रयाट पार्टीको सिनेटोरियल क्याम्पेनको चेयर मेन समेत रहनुभएका क्रिस भ्यान होलानको सहभागितालाई पार्टीको आन्तरिक रूपमा समेत चासोका साथ हेरिएको छ । सिनेटमा बजेट कमिटीमा समेत रहनु भएका क्रिसको सहभागिताले महत्त्वपूर्ण अर्थ बोकेको छ ।

निर्वाचन आउन चार हप्ता मात्र बाँकी रहेको अवस्थामा १६ तारिख भित्र भोटर रजिष्ट्रेशन गर्न र अक्टोबर २५ तारिखबाट मेरिल्याण्ड राज्यमा हुने अर्लि भोटिङ्गमा सहभागी हुन र नोभेम्बर ६ तारिख मा हुने निर्वाचनमा सहभागी हुन फ्रेण्डस अफ हयारी भण्डारीले अपिल गरेको छ ।

अत्यन्त प्रतिस्पर्धा रहेको डिष्ट्रिक आठमा होलानको सहभागिता ले निर्वाचनमा महत्त्वपूर्ण आधार बनाउने विश्वास लिइएको छ ।

होलानले सहभागीहरू को हुनेछ । साथै मेरिल्याण्डमा बसोबास गर्दे आउनु भएक नेपाली दाजुभाइ दिदीबहिनी हरूलाई कार्यक्रममा सहभागी हुनका लागि फ्रेण्डस अफ हयारी अभियानले अपिल गरेको छ ।

निर्वाचका लागि अहिले सम्म तीन वटा मेल मतदाताको घरदैलोमा पुगिसकेको छ भने हयारी भण्डारी तथा स्वयंसेवकहरूले करिब १५ हजार घरमा डोर नकिङ्ग गर्न सफल भएका छौँ ।खर्चिलो निर्वाचन अभ्यासमा झन्डै ८० प्रतिशत खर्च मेलरमा हुनेछ । २५ दिन मात्र बाँकी रहेको सन्दर्भमा सहयोग गर्न अभियानले हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया