अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

अमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:५० मा प्रकाशित

अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले मध्य अमेरिकी क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । आँधीका कारण होन्डुरसमा ६ जना, निकारागुवामा ४ जना र एल साल्भाडोरमा ३ जनाको मृत्यु भएको वताइएको छ ।

फ्लोरिडा हुँदै आएको आँधीले अलाबामा र जर्जियालाई पनि प्रभावित पारेको छ । आँधीको संभावित खतरालाई मध्यनजर गर्दै ती राज्यहरुमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौं घरमा क्षति र्पुयाएको समाचारमा उल्लेख छ । आँधीका कारण रुखहरु ढलेका छन् भने यातायात सेवा अबरुद्ध वनेको छ । फ्लोरिडामा मात्रै ३ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । यो फ्लोरिडाको इतिहासमै १ सय वर्ष पछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू