अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

संगठनमाथि लाग्दै आएको आक्षेपबाट मुक्त हुने प्रयासमा नेपाल प्रहरी– महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:३६ मा प्रकाशित

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनमाथि लाग्दै आएको आक्षेप र शंकालाई मुक्त बनाउने प्रयासमा रहेको वताउनुभएको छ । ६३ औं प्रहरी दिवसको अवसरमा बिहिबार काठमाण्डौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै खनालले केही कर्मचारीको कमी कमजोरीलाई लिएर संगठनका सबै अधिकारी र समग्र संगठनलाई कमजोरी ठान्न नहुने वताउनुभयो । जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती तथा त्रुटीहरूले पनि समग्र संगठनमाथि नै लाञ्छना लाग्ने हुँदा राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भिरतापूर्वक वहन गर्दै सबै प्रहरी कर्मचारीहरूले इमान्दारिता, निष्ठापूर्वक र दृढतापूर्वक काम गर्नुपर्ने महानिरीक्षक खनालको भनाई छ ।

पछिल्लो समय अपराधीले प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको भन्दै उनीहरूले विधि परिवर्तन गरेकाले प्रहरीमा थप चुनौती थपिएको उहाको भनाई थियो । खनालले खुला सीमाका कारण शान्ति सुरक्षामा चुनौती थपिएको पनि सो अवसरमा अवगत गराउनुभयो । खनालले भौतिक साधन स्रोतको अभावका बाबजुद पनि नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान,

नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी अहोरात्र खटिएर निर्वाह गर्दै आएको वताउनुभयो ।
गतवर्ष प्रहरी सक्रियता कै कारण ९० प्रतिशत अपराधिक घटनामा कमी आएको उल्लेख गर्दै उहाँले संगठनका २/४ जना व्यक्तिकै कारण समग्र संगठन नै बदनाम भएको भन्न नमिल्ने तर्क गर्नुभयो । कार्यक्रममा पूर्व एआईजी अमर सिंह साहलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू