अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

भारतको राजस्थानमा जीका भाइरसको संक्रमण देखियो

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:३९ मा प्रकाशित

भारतको राजस्थान राज्यको जयपुरमा जीका भाइरसको संक्रमण फेला परेको छ । स्थानिय २२ जनामा सो भाइरसको संक्रमण देखिएको भारतीय संचामाध्यमहरुले जनाएका छन् । भारतको प्रधानमन्त्री कार्यालयले जीका भाइरसको संक्रमण फेरि फैलिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै स्वास्थ्य मन्त्रालयसँग यस सम्बन्धी विस्तृत प्रतिवेदन मागेको समाचारमा उल्लेख छ ।
जयपुरमा जीका भाइरसबाट संक्रमितमध्ये १ जना बिहार राज्य निवासी रहेको बताइएको छ । उनी हालैमात्र बिहारबाट जयपुर पुगेका थिए । अधिकारीहरुले यो रोगको संक्रमण बिहारमा पनि फैलिएको हुन सक्ने आशंका गरेका छन् ।

भाईरसको संक्रमणलाई मध्यनजर गर्दै बिहार सरकारले राज्यका सबै जिल्लामा सतर्कता अपनाउन निर्देशन दिएको छ । जीका भाइरसका कारण केही वर्षअघि विभिन्न मुलुकमा कयौं नागरिक प्रभावित भएका थिए । भारतमा भने सन् २०१७ मा पहिलोपटक यो संक्रमण देखिएको थियो । गर्भवती महिलामा यो भाइरसको संक्रमण अधिक खतरनाक मानिन्छ । यस्ता संक्रमित महिलाबाट जन्मिएको शिशुको शारीरिक विकासमा जिका भाईरसले असर पार्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू